कामना सेवा विकास बैंकका ग्राहकलाई हिमाल डेन्टलमा २० प्रतिशत छुट « Arthapath.com
१९ भाद्र २०७९, आईतवार

कामना सेवा विकास बैंकका ग्राहकलाई हिमाल डेन्टलमा २० प्रतिशत छुट



काठमाडौं । कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पताल बीचमिति २०७९ साल भाद्र १९गते आईतबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । कामना सेवाविकास बैंककाचिफबिजनेस अफिसर (डिपोजिट एण्ड ट्रान्जेक्सन बैंकिङ्ग) हरि प्रसादलम्साल र हिमाल डेन्टल अस्पतालका अध्यक्षश्री राजेन्द्र प्रसादभट्टले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यस सम्झौताअन्तर्गत कामना सेवाविकास बैंकका कर्मचारी तथा बैंकसँग आबद्ध सम्पूर्णहरुले हिमाल डेन्टल अस्पतालका सम्पूर्ण शाखाले प्रदानगर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २०% सम्मको आकर्षक छुट प्राप्तगर्न सक्नुहुनेछ ।

बैंककाकर्मचारी तथा बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्तगर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभलिने बैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्