एक हजार दरका ४३ करोड नोट छाप्दै राष्ट्र बैंक « Arthapath.com
२२ भाद्र २०७९, बुधबार

एक हजार दरका ४३ करोड नोट छाप्दै राष्ट्र बैंक



काठमाडौं । नेपाली नोटहरूको छपाइको जिम्मा प्रायः चिनियाँ कम्पनीले हात पार्दै आएको छ । यसअघि चिनियाँ कम्पनी चाइना प्रिन्टिङ एन्ड मिन्टिङ कम्पनीले ५ र १० रुपैयाँका नोट छाप्ने ठेक्का पाएको थियो । काठमाडौं । राष्ट्र बैंकले एक हजार दरका ४३ करोड नोट छाप्ने भएको छ । केन्द्रीय बैंकले नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो ।

राष्ट्र बैंकले चार खर्ब ३० अर्ब रुपैयाँ नोट छपाइका इच्छुक कम्पनीले डिजाइन, प्रिन्ट र वितरणको प्रस्ताव बैंकमा ३० दिनभित्र पेस गर्न आह्वान गरेको छ । आगामी सेप्टेम्बर२५ मा प्रि–बिडिङ हुने भन्दै राष्ट्र बैंकले २१ अक्टोबरसम्म बोलपत्र पेस गर्नुपर्ने समय तोकेको छ ।राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती प्रसाद नेपालका अनुसार छापिन लागेको एक हजारका ४३ करोड नोटले करिब सवा तीन वर्षको माग धान्नेछ यसपटकको बोलपत्रको लागि भारत, बेलायत, रुससहितका विभिन्न दश मुलुकका कम्पनीहरूले इच्छा जनाएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यसअघि राष्ट्र बैंकले चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाको सहायक कम्पनी चिनियाँ बैंक नोट प्रिन्टिङ एन्ट मेन्टिङ कम्पनीबाट हजारका नोट छापेको थियो । सो समय डलरसँगको विनिमय दर करिब एक सय आठ रूपैयाँ रहँदा प्रतिनोट छपाइको लागत तीन रूपैयाँ ३७ पैसा थियो । हाल भने विनिमय दर एक सय २८ रूपैयाँसम्म पुगेकोले लागत केही बढ्न सक्ने अनुमान गरिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्