कामना सेवाद्धारा चाडपर्व अफर सार्वजनिक, अनलाईन पेमेन्ट गर्दा १ लाख जित्न सक्ने « Arthapath.com
१० आश्विन २०७९, सोमबार

कामना सेवाद्धारा चाडपर्व अफर सार्वजनिक, अनलाईन पेमेन्ट गर्दा १ लाख जित्न सक्ने



काठमाडौं । कामना सेवाविकास बैंकले आफ्ना फोनपे क्यूआर ग्राहकहरुलाई चाडपर्वको समयमा डिजिटल भुक्तानी गरी चाडपर्व अझै रमाईलो रभुक्तानी सहजगर्ने उद्देश्यले चाडपर्व अफर ल्याएको छ । यो योजनाअनुसार बैंकले आफ्ना फोनपे क्यूआर ग्राहकहरुलाई मिति २०७९ साल असोज ९ गते देखि लागू हुने गरी डिजिटल भुक्तानी मार्फत आकर्षक छुट प्रदान गर्नेछ ।

“यस चाडपर्व जीवन सजिलो बनाऔं, नगद छोडौं फोनपे गरौं“ भन्ने नाराका साथ क्यूआर ग्राहकहरुले क्यूआर प्रयोग गरी भुक्तानी गरेमाभुक्तानी रकमको १० प्रतिशत वा १०० रुपैयाँ सम्म छुट प्राप्तगर्न सक्नेछन् ।

साथ फोनपे बाट क्यूआर IBFT तथा अनलाईन पेमेन्ट गर्दा ग्राहकहरुले हरेक दिन १ लाख जित्न सक्नेछन् । साथै फोनपे क्यूआरबाट भुक्तानी लिदा व्यवसायीहरुले हरेक दिन स्मार्ट फोन जित्न सक्नेछन् । ग्राहकहरुले यो लक्कि ड्र मा सहभागी हुन क्यूआर अफर एप मागई Festive Challenge accept गर्नु पर्दछ।


प्रतिक्रिया दिनुहोस्