कुमारी बैंकको सय गुणासम्म रकम वृद्धि गर्ने रिकरिङ्ग निक्षेप योजना केहि दिन मात्र बाँकी « Arthapath.com
२६ आश्विन २०७९, बुधबार

कुमारी बैंकको सय गुणासम्म रकम वृद्धि गर्ने रिकरिङ्ग निक्षेप योजना केहि दिन मात्र बाँकी



काठमाडौं । कुमारी बैंक लिमिटेडले ल्याएको प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना केहि दिन मात्र बाँकी रहेको छ ।

कुमारी बैंक लिमिटेडले विश्वव्यापी रुपमा प्रचलनमा रहेको एस आई पी अवधारणामा सो योजना नेपाली आम निक्षेपकर्ता माझ ल्याएको हो । यो व्यक्तिगत पुंजि निर्माण गर्न रिकरिङ्ग निक्षेप सबै भन्दा राम्रो विकल्पको रुपमा मानिन्छ ।

नेपालीको बित्तीय क्षेत्रमा यस प्रकारको योजना ल्याउने कुमारी बैंक पहिलो बैंक रहेको छ । यस आवर्ती योजना अन्तर्गत, प्रारम्भिक बिज रकमकोे १०% प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहाकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ ।

यस योजनाबाट न्यून देखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा यस बैंक विश्वस्त रहेको छ । यो योजना आश्विन १ देखि लागु हुने छ । देशकै अधिकतम ब्याजदर, तथा छोटो अवधिमा निक्षेप रकम ५,१०, १५, ५०,१०० गुणा ब्रिद्धि गर्ने मौका कुमारी बैंकको यस खाता ले प्रदान गर्दै आएको छ ।

ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युतम दस हजार देखि पच्चीस लाख सम्म प्रारम्भिक बिज रकम जम्मा गरि निम्न अनुसारको धनबृद्धि लक्ष्य प्राप्त गर्न सक्नेछन् ।


Tags :

प्रतिक्रिया दिनुहोस्