गरिमा विकास बैंक १६औं बसन्तमा प्रवेश, गुणस्तरीय बैकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता « Arthapath.com
७ मंसिर २०७९, बुधबार

गरिमा विकास बैंक १६औं बसन्तमा प्रवेश, गुणस्तरीय बैकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता



काठमाडौं । ’सबैमा पहुँच’ भन्ने मूल नारालाई आत्मसाथगर्दै ग्राहक मैत्री बैकिङ्ग सेवाप्रदान गर्दै आईरहेको गरिमा विकास बैंक लिमिटेडले मंसिर ७ गते, बुधवार आफ्नो स्थापनाकालको १५औं बर्ष पूरा गरि १६औं बसन्तमा प्रवेश गरेको छ ।

गरिमामय यात्रामा निरन्तर साथ दिनु हुने हाम्रासेवा ग्राही, शेयरधनीहरु, नियमनकारी निकायहरु, कर्मचारी तथा शुभ चिन्तकहरु प्रतिहार्दिक कृतज्ञता ब्यक्ति गरेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२१ शाखा कार्यालय र ५१ एटिएम बाटसरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ । हाल यस विकास बैंकले रु७२अर्ब निक्षेप संकलनगरेको छ भने रु. ६३अर्ब कर्जा लगानीमा रहेको छ । करिब ७ लाखग्राहकहरुलाई सेवा पु¥याईरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्यप्रमुख वित्तीय सूचकहरुमा निरन्तर सन्तोषजनक तथ्य प्रस्तुत गरिरहेको छ ।

गरिमा विकास बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ र यो वर्ष पनि निम्न लिखित कार्यक्रमहरु सम्पन्न गरेको छः
१.रक्तदान कार्यक्रम ः रक्तदान कार्यक्रमलाई गरिमा विकास बैंकले विगत वर्षहरुमा समेत महत्वका साथनिरन्तरता दिदै आएको छ । यसै अवसरमा मंसिर ७गते बैंकको केन्द्रिय कार्यालय – लाजिम्पाट(काठमाडौं) एवंकोहलपुर (बाँके), बेनि (म्याग्दी), बुटवल (रुपन्देहि), वालिङ (स्याङ्जा), पोखरा (कास्की), नारायणगढ (चितवन), मलंगवा(सर्लाही) र चन्द्रगढी (झापा)मा रहेका यस विकास बैंकका कलष्टर तथा शाखा कार्यालहरुबाट बृहत रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्नगरिएको छ । यस विकास बैंकले आयोजना गरेको यस रक्तदान कार्यक्रमहरुमा जम्मा ६१३ युनिट रगत संकलन भएको छ ।

२. क्रेडिट कार्डको शुभारम्भःयस विकास बैंकले १६औं बार्षिकोत्सवकै अवसर पारेर क्रेडिट कार्ड सेवाशुभारम्भ गरेको छ ।


प्रतिक्रिया दिनुहोस्