नारायणी डेभलपमेन्ट बैंकको शेयर किन्ने हो ! यसरि दिनुहोस् आवेदन « Arthapath.com
१२ मंसिर २०७९, सोमबार

नारायणी डेभलपमेन्ट बैंकको शेयर किन्ने हो ! यसरि दिनुहोस् आवेदन



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ६० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय टाँडी, चितवनमा निवेदन पेश गर्नुपर्नेछ ।

साथै तोकिएको अवधि भित्र उक्त शेयर खरिदका लागि विद्यमान संस्थापकबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्