गरिमा विकास बैंकको गरिमा डिजिटल बटुवामा अब नेपाल पे क्यूआर उपलब्ध « Arthapath.com
१६ मंसिर २०७९, शुक्रबार

गरिमा विकास बैंकको गरिमा डिजिटल बटुवामा अब नेपाल पे क्यूआर उपलब्ध



काठमाडौं र गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्गबाट अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । बैंकका ग्राहकहरुले गरिमा डिजिटल बटुव एपको प्रयोग गरेर बिभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमारहेको नेपाल पे क्यूआर स्क्यान गरी क्यूआर मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै बैंकले नेपाल पे क्यूआरमा विभिन्न मर्चेन्टहरु आबद्ध गराउने कार्यकोपनि थालनी गरेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्यूआर स्ट्याण्डर्डको मूल पूर्वाधारको रुपमा नेपाल पे क्यूआर स्थापना र सञ्चालनमा आएको हो,जस अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै स्कीमको रुपमा र मर्चेन्ट वा अन्य क्यूआर स्कीम सँग अन्तरआबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।बैंकका व्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आबद्ध भएर आफ्ना ग्राहकहरुबाट गरिमा डिजिटल बटुवा अथवा नेपाल पे क्यूआरमा आबद्धअन्य मोबाईल बैङ्गिकएप वा वालेट एप मार्फतसिधै आफ्नो खातामाभुक्तानी प्राप्त गर्न सक्दछन् ।

यसरीगरिमा विकासबैंकको मोबाईल बैङ्गिकमा नेपाल पे क्यूआर जोडिदारिटेल स्तरमा हुने विद्युतीय भुक्तानीमा थप बृद्धी हुने आशा गरिएको छ साथै डिजिटल भुक्तानी यस बैंकको प्राथमिकता पनि रहेको छ । गरिमा विकास बैंकले नेपालभरी १२१ वटा शाखा कार्यालयहरु र ५१ एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्