कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी, आजै सपथ ग्रहण « Arthapath.com
१ पुष २०७९, शुक्रबार

कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी, आजै सपथ ग्रहण



काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियुक्त भएका छन् । यसअघि संचालक सदस्य रहेका दुवाडी अध्यक्षमा नियुक्ति भएका हुन् ।

बिहीबार बसेको संचालक समितिको बैठकले दुवाडीलाई अध्यक्ष पदमा नियुक्ति गरेको हो । उनले आजै पद तथा गोपनियताको सपथ ग्रहण गर्ने बताइएको छ ।

गत वर्षको कात्तिक १२ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार बैंकको संचालक सदस्यमा दुवाडी नियुक्ति भएको थिए ।


प्रतिक्रिया दिनुहोस्