मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा पुष २७ गते, झण्डै १३ प्रतिशत लाभांश पारित गर्ने « Arthapath.com
६ पुष २०७९, बुधबार

मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा पुष २७ गते, झण्डै १३ प्रतिशत लाभांश पारित गर्ने



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १७औ. वार्षिक साधारण सभा पुष २७ गतेका लागि बोलाएको छ । कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले सभा सुनसरी उद्योग वाणिज्य संघ धरान १ सुनसरीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीको सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १२.३५ प्रतिशत बोनस र ०.६५ प्रतिशत दिने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले संस्थापक शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको निर्वाचन गर्ने समेत सभाको कार्य सूची रहेको छ ।

बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया अवलम्बन गरि कार्य अघि बढाउन संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्ने छ ।

बैंकले साधारण सभा प्रयोजन र लाभांश प्रयोजनका लागि कम्पनीले पुष १४ गते देखि पुष २७ गतेसम्म बुक क्लोज गर्ने भएको हुदाँ पुष १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्