इन्भेष्टमेन्ट बैंकका सीईओ पाण्डेले बुझे ३ करोड बढी तलब भत्ता, अन्य पदाधिकारीको कति ? « Arthapath.com
७ पुष २०७९, बिहीबार

इन्भेष्टमेन्ट बैंकका सीईओ पाण्डेले बुझे ३ करोड बढी तलब भत्ता, अन्य पदाधिकारीको कति ?



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले तीन करोड बढी तलब भत्ता बुझेका छन् ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा तलब तथा भत्ता लगायतको सुविधाका लागि सीईओ पाण्डेलाई ३ करोड ६ लाख ३४ हजार रुपैयाँ दिएको हो ।

आवमा सीईओ पाण्डेले तलब बापत १ करोड ६० लाख ७६ हजार रुपैयाँ, भत्ता १ करोड ७ लाख १७ हजार, दशंै भत्ता २२ लाख ३३ हजार र संचय कोष वापत १६ लाख ८ हजार रुपैयाँ सुविधा लिएका हुन् । बैंकका अनुसार सीईओको हकमा पानी, बिजुली र टेलिफोन महशुलको भुक्तानी बिल, सवारी चालक, इन्धन तथा मर्मत सम्भारसहित सवारी साधान सुविधा प्रदान गरिएको जनाएको छ ।

गत आवमा बैंकका अन्य कार्यकारी पदाधिकारी तथा व्यवस्थापकहरुले भने तलब बापत १४ करोड ६ लाख २३ हजार, भत्ता १० करोड १४ लाख ९३ हजार, दशै भत्ता १ करोड ९७ लाख ९६ हजार र संचय कोष १ करोड ४० लाख ६२ हजार रुपैयाँ बुझेका छन् । बैंकमा अन्य कार्यकारी पदाधिकारी तथा व्यवस्थापकमा १३० जना रहेका छन् ।

व्यवस्थापकीय/प्रबन्धक स्तरका पदाधिकारीहरुको हकमा कर्मचारी सेवा विनियमावली र मानव संसाधन नीतिमा व्यवस्था गरिए बमोजिम, बोनस ऐन अनुसार र उपदानको सम्बन्धमा कर्मचारी सेवा विनियमावलीमा व्यवस्था गरिए बमोजिम । कार्यकारी प्रमुखकोहकमा सँझौतामा उल्लेख भए अनुसार सुविधा प्रदान भएको बैंकले जनाएको छ।

यस्तै, जीवन बीमा, औषधोपचार बीमा, दुर्घटना बीमा बैंकको कर्मचारी सेवा विनियमावली र मानव संसाधन नीतिमा व्यवस्था गरिए बमोजिम, कार्यकारी प्रमुखको लागि पत्रपत्रिकाको व्यवस्था गरिएको र कार्यकारी प्रमुखको लागि ३ जना सुरक्षा गार्ड दिईएको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्