नेप्सेमा तीन कम्पनीको शेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ? « Arthapath.com
७ पुष २०७९, बिहीबार

नेप्सेमा तीन कम्पनीको शेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बिहिबार प्राइम लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र गरिमा विकास बैंकको शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले प्राइम लाइफ इन्स्योरेन्सको १३ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य ५०३.५४ रुपैयाँ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य ५६९ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।

त्यस्तै नेपाल इन्स्योरेन्सको ८ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य ३८७.९६ रुपैयाँ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य ४९१ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

गरिमा विकास बैंकको १३ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य ३३०.९७ रुपैयाँ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य ३७४ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीको शेयर अब सोमबार पुष ११ गतेदेखि कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्