कामना सेवा विकास बैंकले पुष भित्र साधारण सभा गर्न नसक्ने, यस्तो छ कारण « Arthapath.com
२२ पुष २०७९, शुक्रबार

कामना सेवा विकास बैंकले पुष भित्र साधारण सभा गर्न नसक्ने, यस्तो छ कारण



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पुष मसान्तभित्र साधारण सभा गर्न नसक्ने भएको छ । कम्पनीले सूचना जारी गर्दै साधारण सभा पुष मसान्तभित्र गर्न नसक्ने जानकारी दिएको हो ।

कम्पनीले बाह्य लेखापरीक्षण कार्य सम्पन्न हुने प्रक्रियामा रहेकोले गत आर्थिक वर्ष २०७८।७९ को वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश भई नसकेको हुँदा पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न नसकिने बताएको हो ।

साथै कम्पनीले आर्थिक वर्ष २०७८।७९ को वार्षिक साधारण सभा चैत मसान्तसम्म सम्पन्न गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकको नियमावलीमा बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने प्रावधान रहेको छ ।


प्रतिक्रिया दिनुहोस्