लाभांश पारित र उत्कृष्ट शाखालाई सम्मान गर्दै गरिमा विकासको साधारण सभा सम्पन्न « Arthapath.com
२२ पुष २०७९, शुक्रबार

लाभांश पारित र उत्कृष्ट शाखालाई सम्मान गर्दै गरिमा विकासको साधारण सभा सम्पन्न



काठमाडौं । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । सभामा बंैकका अध्यक्ष श्याम प्रसाद बस्यालले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बराबर बोनस शेयर बापत र १.५० प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजन समेतका लागि ) गरि जम्मा १४.५० प्रतिशतले लाभांस प्रस्ताव पारित भएको छ । यस पश्चात, बैंकको चुक्ता पुजीँ ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँ पुग्ने छ ।

त्यस्तै गत आर्थिक बर्षमा उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई सम्मान गरिएको छ । बैकको आन्तरिक मुल्यांकन अनुसार प्रथम पूतलीबजार शाखा, दोस्रो ईमाडोल शाखा, तेस्रो बयरघारी शाखा र चौंथोमा हेम्जा शाखा भएका छन् ।

साथै अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने गाभिने तथा प्राप्ति प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारत गरेको छ ।

साधारण सभा प्रयोजन र लाभांशका लागि कम्पनीले पुष ८ गतेदेखि पुष २२ गतेसम्म बुक क्लोग गरेको हुदाँ पुष ७ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्