सिन्धु विकास बैंकको साधारण सभा कहिले ? « Arthapath.com
२८ पुष २०७९, बिहीबार

सिन्धु विकास बैंकको साधारण सभा कहिले ?



काठमाडौं । अधिकांश बैंकहरुले आफ्नो साधारण सभा सम्पन्न गरी सकेका छन् भने कति बैंकले पुष मसान्तभित्र सभा गर्ने नसकिने बताइ रहेको छ । सिन्धु विकास बैंकले पनि पुष भित्र साधारण सभा गर्ने नसकिने बताएको हो ।

बैंकको आर्थिक वर्ष २०७८।०७९ को वार्षिक वित्तीय विवतरणहरु बाह्य लेखापरीक्षकबाट लेखापरिक्षण कार्य सम्पन्न भई नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्रक्रायामा रहेको हुदाँ पुष मसान्त भित्र साधारण सभा नगर्ने बताएको हो ।

उक्त आर्थिक वर्ष २०७८।०७९ को वार्षिक साधारण सभा २०७९ चैत मसान्त भित्र सम्पन्न गर्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्