महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट « Arthapath.com
२८ पुष २०७९, बिहीबार

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नक्साल, काठमाडौंमा अवस्थित हिम इलेक्ट्रोनिक्स प्रा लिसँग समझदारी गरेको छ । सबल बैंक, सफल सहकार्य को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको बैंकले इलेक्ट्रोनिक्स क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ उक्त समझदारी गरेको हो ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका ग्राहकहरुले Samsung Digital Plaza का दरबारमार्ग, बानेश्वर, बौद्ध, भक्तपुर, पुल्चोक र खुसिबु शाखाहरु मार्फत विभिन्न विद्युतीय सामाग्रीहरुको खरिदमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले Samsung Plaza बाट Consumer Electronics हरुको खरिदमा १५ प्रतिशत र मोबाइल फोनको खरिदमा ५ प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा कम्पनिका तर्फबाट प्लाजा प्रबन्धक निकिता शर्माले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका हुन ।

यस किसिमको सहकार्यबाट विद्युतीय सामाग्रीहरुको प्रयोगमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्