एक्सेल डेभलपमेन्ट बैंकको ३७ हजार कित्ता सेयर बिक्रीमा, कसरि दिनुहोस् आवेदन « Arthapath.com
१७ माघ २०७९, मंगलवार

एक्सेल डेभलपमेन्ट बैंकको ३७ हजार कित्ता सेयर बिक्रीमा, कसरि दिनुहोस् आवेदन



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरु तर्फको ३७ हजार ५०० कित्ता संस्थापक शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बिर्तामोड, झापामा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ ंसंस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनलिे जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्