ज्योति विकास बैंकले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा « Arthapath.com
२० माघ २०७९, शुक्रबार

ज्योति विकास बैंकले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा



काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा फागुन १४ गतेका लागि बोलाएको छ । कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठकले सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफबाट कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयर र कर सहित ३.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, आर्थिक वर्ष २०७८।७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९।८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि छ । सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले माघ २९ गतेदेखि बुक क्लोज गर्ने भएको हुदाँ माघ २८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्