वाणिज्य बैंकहरुको ब्याजदर यथावत, विकास बैंक र फाइनान्सको भने घट्यो « Arthapath.com
२९ माघ २०७९, आईतवार

वाणिज्य बैंकहरुको ब्याजदर यथावत, विकास बैंक र फाइनान्सको भने घट्यो



काठमाडौं । फागुन महिनामा वाणिज्य बैंकहरुले ब्याजदर यथावत राखेका छन् । माघ महिनाकै ब्याजदरलाई नै निरन्तरता दिने भएका हुन् ।

बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याज दिने भएका हुन् । मंसिर महिनादेखि व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिईरहेका थिए । तर, वाणिज्य बैंकहरुले माघमा ब्याजदर घटाएर ११ प्रतिशत कायम गरेका थिए ।

फागुन महिनाका लागि विकास बैंक तथा फाइनान्स कम्पनीहरुले भने ब्याजदर घटाएका छन् । माघ महिनासम्म व्यक्तिगत मुद्दति निक्षेपमा १२ प्रतिशत ब्याज दिँदै आएका विकास बैंकहरुले अब अधिकतममा ११.७५ प्रतिशत ब्याज दिने भएका छन्।

यता, अधिकांश फाइनान्सहरुले अधिकतममा १२.२० प्रतिशत ब्याज दिने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्