छुट्नु होलि नि ! दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
८ फाल्गुन २०७९, सोमबार

छुट्नु होलि नि ! दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । फागुन ८ गते अर्थात आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि दुबैं कमपनीले फागुन १० गते बुक क्लोज गर्ने भएको हुदाँ फागुन ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछ ।

कर्पोरेट डेभलपमेन्ट बैंक
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०।२६ प्र्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले फागुन २२ गते साधारण सभा बोलाएको छ । सभा बैंकको प्रधान कार्यालय आदर्शनगर, वीरगञ्जमा बिहान ७ः१५ बजे बस्ने गरी आव्हान गरेको हो ।

साथै, सभाले बोनस सेयरपछि चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ पुग्ने भएकाले सोही अनुसार प्रबन्धपत्र संशोधन हुनेछ । यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जरर वा एक्विजिसनमा जानुपर्ने भएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने एजेन्डा पनि सभामा पेश हुनेछ ।

ङादी ग्रुप पावर
ङादी ग्रुप पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ४।७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले फागुन २५ गते साधारण सभा बोलाएको छ । सभा युनियन हाउस अनामनगर काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।


प्रतिक्रिया दिनुहोस्