कृषि विकास बैंकका सीइओ गोविन्द गुरुङ्द्वारा पदभार ग्रहण « Arthapath.com
८ फाल्गुन २०७९, सोमबार

कृषि विकास बैंकका सीइओ गोविन्द गुरुङ्द्वारा पदभार ग्रहण



काठमाडौं कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओं) गोविन्द गुरुङले सोमबाार कार्यभार सम्हालेका छन् ।

बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी ४ वर्षका लागि सीइओमा नियुक्त गरेको हो । नियुत्तिसँगै सिइओ गुरुङले आज पदभार ग्रहण गरेका हुन् । यसअघिका सीइओ अनिल कुमार उपाध्यायको कार्यकाल सकिएपछि गुरुङलाई खुला प्रतिस्पर्धाबाट नियुक्ती गरेको हो ।

सीइओका लागि आवेदन दिएका २२ जनाबाट छनोट गरेर उनलाई जिम्मेवारी दिइएको हो ।


प्रतिक्रिया दिनुहोस्