पूर्वसचिव पुडासैनी कृषि विकास बैंकको अध्यक्षमा नियुक्त « Arthapath.com
१० फाल्गुन २०७९, बुधबार

पूर्वसचिव पुडासैनी कृषि विकास बैंकको अध्यक्षमा नियुक्त



काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा पूर्वराजस्व सचिव रामशरण पुडासैनी चयन भएका छन् । कृषि विकास बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो ।

यसअघि अर्थमन्त्रालयले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो । यसअघि कृषि विकास बैंकको अध्यक्ष रहेका रमेश दवाडीले राजीनामा दिएसँगै पुडासैनी अध्यक्षमा चयन भएका हुन् । दवाडी निवर्तमान अर्थमन्त्री जनार्दन शर्माका पालामा अध्यक्ष चयन भएका थिए । अर्थमन्त्री विष्णु पौडेल बनेपछि दवाडीको योग्यतामा प्रश्न उठेपछि उनले राजीनामा दिएका थिए ।

यसअघि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा गोविन्द गुरुङलाई नियुक्त गरेको थियो । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि २२ जनाले आवेदन दिएका थिए। ति मध्ये पाँच जना सर्ट लिष्टिङ भएको थियो । सर्ट लिष्टिङमा पर्नेमा क्रमशः गोविन्द गुरुङ, प्रताप सुवेदी, यज्ञ प्रसाद न्यौपाने, बद्रि गुरागाईं र विष्णुदेव यादव रहेका थिए । सबै प्रतिस्पर्धीलाई पछार्दै गुरुङ सीईओ बनेका छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्