शनिबार समेत आरटीजीएस प्रणाली सुचारु रहने « Arthapath.com
१९ फाल्गुन २०७९, शुक्रबार

शनिबार समेत आरटीजीएस प्रणाली सुचारु रहने



काठमाडैं । नेपाल राष्ट्र बैंकले भोलि शनिबार (फागुन २० गते) पनि आरटीजीएस प्रणाली सुचारु राख्ने भएको छ ।

राष्ट्र बैंकले शनिबार २ घण्टाको लागि उक्त प्रणाली सुचारु राख्ने भएको हो । बिहान १० बजेदेखि १२ बजेसम्म विकास ऋणपत्र २०७९ ‘क को बाह्रौं किस्ताको ब्याज तथा साँवा भुक्तानीको लागि प्रणाली सुचारु रहने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्