सिन्धु विकास बैंकको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ? « Arthapath.com
२१ फाल्गुन २०७९, आईतवार

सिन्धु विकास बैंकको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?



काठमाडौ । सिन्धु विकास बैंकले केही संस्थापक बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको सेयर र न्यूनतम मूल्य भने खुलाएको छैन ।

बैंकका संस्थापक सेयरधनीहरुले आफ्ना नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयरमा आवेदन दिन चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (फागुन २१ गते) ले ३५ दिन भित्र यस बैंकको कर्पोरेट कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र माग बमोजिमको आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा सघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्