सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
२५ फाल्गुन २०७९, बिहीबार

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडलको लाभांश सुरक्षित गर्ने आज (फागुन २५ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनको लागि फागुन २८ गते देखि चैत्र १७ गते सम्म बुक क्लोज गर्ने भएको हुदाँ फागुन २५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई बोनस सेयर ८.५३४ प्रतिशत बोनस सेयर दिने भएको र नगद लाभांश ०.४४९ प्रतिशत कर योजनको लागि प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले १८औं साधारण सभा चैत्र १७ गते बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्