चैत ६ गतेदेखि ‘ग्लोबल मनी वीक’ मनाउने, यस्तो छ कार्यतालिका « Arthapath.com
३० फाल्गुन २०७९, मंगलवार

चैत ६ गतेदेखि ‘ग्लोबल मनी वीक’ मनाउने, यस्तो छ कार्यतालिका



काठमाडौं । आगामी चैत ६ गतेदेखि ‘ग्लोबल मनी विक–२०२३’ देशभर साताव्यापी रूपमा मनाइने भएको छ ।

युवामा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा विश्वभर मनाइँदै आएको साप्ताहिक अभियान नेपालमा चैत ६ देखि १२ गते (मार्च २०–२६) सम्म मनाइने भएको हो ।

अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी) को संयोजनमा विश्वका धेरै मुलुकमा मनाउने गरिएको छ । युवालाई वित्तीय ज्ञान, सीप, र मनोवृत्तिका साथै व्यवहारिक रुपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्दै आर्थिक सम्वृद्धिमा सघाउ पुर्याउने उदेश्य रहेको छ ।

ग्लोबल मनी विकको स्थायी नारा ‘सिक, बचत गर र कमाउ’ (लर्न सेभ अर्न) हो भने ११औँ शृंखलाका रूपमा मनाइने ग्लोबल मनी विक–२०२३ को नारा ‘आफ्नो पैसाको योजना बनाउ, आफ्नो भविष्य रोप’ (प्लान योर मनी, प्लान्ट योर फ्युचर) रहेको छ ।

नेपालमा नेपाल राष्ट्र बैंकको संयोजनमा, बैंक तथा वित्तीय संस्था, सहकारी विभाग तथा सहकारी संस्था, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेसनल बैंकिङ इन्स्टिच्युट, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत निकाय तथा संस्थाले यो सप्ताह मनाउनेछन् ।

सप्ताहमा विद्यालय तथा क्याम्पसमा वित्तीय सचेतनामूलक कार्यक्रम गर्ने, वित्तीय चेतना अभिवृद्धिसम्बन्धी रचनात्मक क्रियाकलाप सञ्चालन गर्ने र वित्तीय चेतनामूलक ¥याली आयोजना गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्