कामना सेवा विकास बैंकको ३० हजार कित्ता सेयर बिक्रीमा « Arthapath.com
३ चैत्र २०७९, शुक्रबार

कामना सेवा विकास बैंकको ३० हजार कित्ता सेयर बिक्रीमा



काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक सेयरधनी सुनिता कुमारी गैरेको नाममा रहेको संस्थापक सेयरमध्ये ३० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । सो संस्थापक सेयर खरिद गर्न इच्छुक बैंकको संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

विद्यमान संस्थापक सेयरधनीहरुले आजैका मितिले ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् । आवश्यक कागज प्रमाण संलग्न गरि बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौं के कति सेयर खरिद गर्नेमा व्यहोरा खुलाई निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

तोकिएको सो समयभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य खरिदकर्तालाई बिक्री गर्ने प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्