सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ श्रेष्ठको तलब १ करोड, अन्य पदाधिकारीको कति ? « Arthapath.com
१७ चैत्र २०७९, शुक्रबार

सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ श्रेष्ठको तलब १ करोड, अन्य पदाधिकारीको कति ?



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुयोग श्रेष्ठले १ करोड रुपैयाँ भन्दा बढी तलब भत्ता बुझेका छन् ।

सीइओ श्रेष्ठलाई बैंकले गत आर्थिक वर्ष २०७८।०७९ मा तलब भत्ता बापत १ करोड १ लाख ६६ हजार ५२ रुपैयाँ रकम दिएको हो । जसमा तलब ४९ लाख ३ हजार २ सय रुपैयाँ, सञ्चय कोष बापत ४ लाख ९० हजार ३२० रुपैयाँ र अन्य भत्ता बापत ४७ लाख ७२ हजार ५३२ रुपैयाँ बुझेका हुन ।

त्यस्तै, अन्य ब्यवस्थापनका पदाधिकारीहरुले ७३ लाख ८३ हजार ३६४ रुपैयाँ तलब भत्ता बापत बुझेका छन् । जस मध्ये तलब ३३ लाख ३० हजार ३ सय रुपैयाँ, सञ्जयकोष योगदान मार्फत ३ लाख ३३ हजार ३० रुपैयाँ र अन्य भत्ता बापत ३७ लाख २० हजार ३४ रुपैयाँ बुझेका हुन ।

यसका साथै, औषधी उपचार खर्च, दुर्घना बीमा, मोबाईल खर्च, ईन्धन खर्च तथा सवारी साधन सुविधा बैंकको कर्मचारी विनियमावली बमोजिम प्रदान गरिएको छ । साथै, कर्मचारी वोनस रकम वोनस ऐन, २०३० अनुसार प्रदान गर्दै आइ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्