सिटिजन्स बैंकको धनगढी शाखाद्धारा निःशुल्क स्वास्थ्य शिविर « Arthapath.com
२० चैत्र २०७९, सोमबार

सिटिजन्स बैंकको धनगढी शाखाद्धारा निःशुल्क स्वास्थ्य शिविर



काठमाडौं । सिटिजन्स बैंक धनगढी शाखाद्धारा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

सिटिजन्स बैंक लिमिटेडको सुदूरपश्चिम प्रदेश धनगढी शाखामा आउदै गरेको १६औं साधारण सभालाई मध्यनजर गर्दै शनिबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

संस्था गत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले गौरीगङ्गा नगरपालिका वडा नं ५ अण्डैयामा आयोजित शिविरमा करीब ३०० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथ साथैे आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरेको छ । वैशाख ७ गते बैंकको वार्षिक साधारण सभा रहेको छ ।

शिविरमा अत्तरिया अस्पतालकाडा आनन्द पाठक, डा अनिशकुमार शाह, डा सीता बम र डा धनसार जागरीको नेतृत्वमा रहेको टोलीले सुगर, प्रेसर सहित सामान्य स्वास्थ्य जाँच गरी विभिन्न रोगको चेकजाँच सहित आवश्यक स्वास्थ्य सुझाव दिएका थिए । बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । गाउँगाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्रनभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरेको बैंकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्