एनएमबि बैंकले दराज नेपालका बिक्रेताहरुलाई विद्युतिय माध्यमबाट बिना धितो कर्जा प्रदान « Arthapath.com
२५ जेष्ठ २०८०, बिहीबार

एनएमबि बैंकले दराज नेपालका बिक्रेताहरुलाई विद्युतिय माध्यमबाट बिना धितो कर्जा प्रदान



काठमाडौं । एनएमबि बैंक र दराज नेपालबिच दराज नेपालका बिक्रिेताहरुलाई बिना धितो विद्युतिय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ ।

विशेषगरी बैंकिङ्ग पहुंच कम भएका, उत्पादनशिल उद्यमसंग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरुलाई दराज नेपालसंगको कारोवारको आधारमा ५ लाख रुपैयाँ सम्मको चालु पुँजीकर्जा प्रदान गर्ने उदेश्य अनुसार गरिएको सम्झौता गरेको हो ।

सम्झौतापत्र एनएमबि बैंक लिको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरे र दराज नेपालको तर्फबाट प्रबन्ध निर्देशक आंचल कुंवरले आदान प्रदान गरेका थिए ।

सम्झौताको बारेमा बोल्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले अर्थतन्त्रको वास्तविक क्षेत्र तथा डिजिटलाई जेशलाई प्राथमिकता दिईरहेका र यस कर्जा मार्फत ग्राहकहरुले अनलाइन मार्फत आवेदन दिएको केहि मिनेट भित्रै कर्जा उपलब्ध गराउने प्रविधिको विकाश गरेको र यस कर्जा मार्फत धेरै भन्दा धेरै एमएसएमई कर्जाका ग्राहकहरुको आवश्यक चालुपुँजीपूर्ति गर्ने बैंकले विश्वास लिएको बताएका थिए । यस कर्जा कागज रहित, झंझट रहित र छिटोछरितो रुपमा डिजिटल रुपमा प्राप्त हुने भएकोले नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानमा बैैंकले लिएको यो प्रयास कोशेढुङ्ग सावित बैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्