मुक्तिनाथ विकास बैंकले मधेश प्रदेशको विभिन्न अस्पतालहरुमा व्हीलचेयर वितरण « Arthapath.com
१५ असार २०८०, शुक्रबार

मुक्तिनाथ विकास बैंकले मधेश प्रदेशको विभिन्न अस्पतालहरुमा व्हीलचेयर वितरण



काठमाडौं । मुक्तिनाथ विकास बैंकले मधेश प्रदेशको विभिन्न अस्पतालहरुमा व्हीलचेयर वितरण गरेको छ । बैंकले मधेश प्रदेश स्थित मधश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहपुर अस्पताल, गजेन्द्र नारायण सिंहसगरमाथा अञ्चल अस्पतालमा बिरामीहरुको व्यवस्थापनका लागि आवश्यक पर्ने व्हीलचेयरहरु हस्तान्तरण गरेको हो ।

बैंकले यस कार्यबाट स्वास्थ्य क्षेत्र तर्फ आफ्नो सामाजिक प्रयास अघि गर्दै, उक्त अस्पतालमा आउनुहुने बिरामीहरुलाई केही राहत पुग्ने बैंकको धारणा छ । यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

साथै, बैंकले “मुक्तिनाथ विशिष्ट सहज कर्जा” योजना अन्तर्गत २ करोड रुपैयाँ सम्मको कृषी कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण÷खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पुर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिन भित्र सर्वशुलव व्याजदरमा कर्जा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्