एनएमबि बैंकले ल्यायो दुई आकर्षक अफर « Arthapath.com
१८ असार २०८०, सोमबार

एनएमबि बैंकले ल्यायो दुई आकर्षक अफर



काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरुका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उदेश्यले दुई आकर्षक अफरहरू घोषणा गरेको छ ।

अफरमा ग्राहकहरुले eNMB एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा नि शुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् । परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस्, यो अफरले ग्राहकहरूलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनाउँछ । सो अफर साउन मसान्त सम्म लागु हुनेछ ।

साथै एनएमबि बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरुलाई नि शुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ । एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन् । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्