कामना सेवा विकास बैंकका ग्रहाकहरुलाई दि मोक्ष मुस्ताङ्ग थकाली रेस्टुरेन्टमा १० प्रतिशत छुट « Arthapath.com
२६ असार २०८०, मंगलवार

कामना सेवा विकास बैंकका ग्रहाकहरुलाई दि मोक्ष मुस्ताङ्ग थकाली रेस्टुरेन्टमा १० प्रतिशत छुट



काठमाडौं । कामना सेवा विकास बैंक र दि मोक्ष मुस्ताङ्ग थकाली रेस्टुरेन्ट एण्ड बारबीच असार २६ गते (आज) मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले ज्ञानेश्वर स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्