को हुन् एक लाख ६८ हजार कित्ता बढी सेयर बिक्री गर्न लागेका प्रभु बैंकका पाँच जना संस्थापकहरु ? « Arthapath.com
२९ असार २०८०, शुक्रबार

को हुन् एक लाख ६८ हजार कित्ता बढी सेयर बिक्री गर्न लागेका प्रभु बैंकका पाँच जना संस्थापकहरु ?



काठमाडौं । प्रभु बैंकले पाँच जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले पाँच जना संस्थापक सेयर धनीको नाममा रहेको डेढ लाख बढी सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले संस्थापक सेयरधनी गायत्री सिंह सुवालको नाममा रहेको ५१ ह्जार ८८२ कित्ता, नवल किशोर चौधरीको २ हजार ६९५ कित्ता, दिल सुन्दर श्रेष्ठको १ लाख कित्ता, नितु अग्रवालको ४ हजार २६७ कित्ता, रुपेश थापाको ९ हजार ५५५ कित्ता गरि कुल एक लाख ६८ हजार ३९९ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर इच्छुक संस्थपक सेयरधनीहरुले खरिद गर्ने सक्नेछन् । सेयरको बिक्री मूल्य भने खुलाएको छैन् । सो सेयर खरिदको लागि आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको मिति (असार २९) ले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित काननु बमोजिम अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्