नाफामा मुक्तिनाथ गरिमाकाे टक्कर, शाइन रेसुङ्गा र महालक्ष्मीको प्रतिस्पर्धा, ज्योतिलाई पछ्याउदैं सांग्रिला « Arthapath.com
३ श्रावण २०८०, बुधबार

नाफामा मुक्तिनाथ गरिमाकाे टक्कर, शाइन रेसुङ्गा र महालक्ष्मीको प्रतिस्पर्धा, ज्योतिलाई पछ्याउदैं सांग्रिला



काठमाडौं । गत आर्थिक वर्ष २०७९।०८० को ११ महिनामा राष्ट्रियस्तरका विकास बैंकहरुले ४९ अर्ब भन्दा बढी नाफा कमाएका छन् । हाल संचालनमा रहेका राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको जेठ समान्तसम्ममा ४ अर्ब ९७ करोड ८४ लाख ७ हजार रुपैयाँ नाफा कमाएका छन् ।

सबै भन्दा बढी नाफा कमाउने विकास बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । यस अवधिमा बैंकले १ अर्ब ९ करोड ९२ लाख ७ हजार रुपैयाँ मुनाफा गरेको हो ।

दोस्रो स्थानमा नाफा कमाउने गरिमा विकास बैक भन्दा मुक्तिनाथको नाफा २७ करोड ६९ लाख १ हजार रुपैयाँले बढी हो । जेठ समान्तसम्मको अवधिमा गरिमा विकास बैंकले ८२ करोड २३ लाख ६ हजार रुपैयाँ नाफा कमाएको छ ।

त्यसैगरी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ७० करोड ४५ लाख ८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गरिमा विकास बैंकको नाफा भन्दा ११ करोड ७७ लाख ८ हजार रुपैयाँ कम नाफा हो । विकास बैंकहरुमा चौथो नम्बरमा नाफा गर्नेमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकले सो अवधिमा ६६ करोड ७७ लाख २ हजार रुपैयाँ नाफा कमाएको हो ।

साथै, लुम्बिनी विकास बैंकले ५२ करोड ४४ लाख ४ हजार रुपैयाँ, कामना सेवा विकास बैंकले ४३ करोड ५७ लाख २ हजार रुपैयाँ, ज्योति विकास बैंकको ३७ करोड २१ लाख ७ हजार रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकको ३५ करोड २२ लाख १ हजार रुपैयाँ नाफा कमाएको छ ।


प्रतिक्रिया दिनुहोस्