सांग्रिला डेभलपमेन्ट बैंकको सेयर खरिद गर्ने होइन त ? आजदेखि दुई लाख ९४ हजार कित्ता बढी सेयर बिक्रीमा « Arthapath.com
५ श्रावण २०८०, शुक्रबार

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर खरिद गर्ने होइन त ? आजदेखि दुई लाख ९४ हजार कित्ता बढी सेयर बिक्रीमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आठ जना संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी दिन बन्धु कुँवरको नाममा रहेको १३ हजार १५० कित्ता, गोबर्धन अधिकारीको २३ हजार, ज्योती पाण्डेको २ हजार, माधव प्रसाद मैनालीको ६९ हजार ७८५ कित्ता, सुलोचना अधिकारीको ७ हजार २६६, अनिश पालिखेको २३ हजार ५०३ कित्ता, पवित्र लाल चुकेको १ लाख ५० हजार कित्ता, उमेश कुमार मुडभरीको ५ हजार ९७० कित्ता गरी कुल २ लाख ९४ हजार ६७६ कित्ता सेय बिक्री गर्ने भएको छ ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा के कति व्यहोरा खुलाई आवेदन पेश गनुपर्नेछ ।

साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्