नबिल बैंकद्धारा पुरानो नगद लाभांश लिन आग्रह « Arthapath.com
७ श्रावण २०८०, आईतवार

नबिल बैंकद्धारा पुरानो नगद लाभांश लिन आग्रह



काठमाडौं । नबिल बैंक लिमिटेडले पुरानो नगद लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।

बैंकले साविकको युनाइटेड फाइनान्स र साविकको नेपाल बङ्गलादेश बैंकको ५ वर्षभन्दा पहिले सम्पन्न वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७३/७४ को नगद लाभांश लिन आग्रह गरेको हो ।

साथै, साउन ७ गतेबाट १ महिनाभित्र सेयर लाभांश बुझन बाँकी रहेका सेयरधनीहरुले बैंकको सेयर रजिष्ट्रार नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नक्साल काठमाडौंमा सम्पर्क राख्न आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्