सानिमा बैंकको साढे दुई लाख कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ? « Arthapath.com
९ श्रावण २०८०, मंगलवार

सानिमा बैंकको साढे दुई लाख कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?



काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी टेकराज निरौलाको नाममा रेहको रहेको २ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो। सेयरको न्युनतम बिक्री मूल्य प्रतिकित्ता १५० रुपैयाँ कम्पनीले तोकेको छ ।

उक्त सेयर संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय नक्साल काठमाडौंमा आफुले खरिद गर्ने सेयर कित्ता खुलाई आवेदन पेश गर्ने सक्नेछन् ।

साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्