तीन वटा वाणिज्य बैंकको लाभांश घोषणा, कुनको बोनस र नगद कति ? « Arthapath.com
२९ भाद्र २०८०, शुक्रबार

तीन वटा वाणिज्य बैंकको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?



काठमाडौं । तीन वटा वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०७९/८० मुनाफाबाट तीन वटा बैंकहरुले लाभांश घोषणा गरेका हुन् ।

हालसम्म माछापुच्छ्रे, एभरेष्ट र सानिमा बैंकले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । माछापुच्छ्रे बैंक भदौ १३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजन) का लागि वितरण गर्ने निर्णय गरेको हो ।

यस्तै, एभरेष्ट बैंकको भदौ २७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस र १०.५३ प्रतिशत नगद र बोनस सेयरमा लाग्ने करका लागि दिने निर्णय गरेको हो ।

यता, सानिमा बैंकले पनि १४.७० प्रतिशत लाभांश दिने भएको छ । बैंकको भदौ २८ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई ९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकहरुको आगामी साधारणसभाबाट पारित भएपश्चात वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्