भुकम्प पिडितहरुका लागि कृषि विकास बैंकले दियो ५० लाख « Arthapath.com
२५ कार्तिक २०८०, शनिबार

भुकम्प पिडितहरुका लागि कृषि विकास बैंकले दियो ५० लाख



काठमाडौं । कृषि विकास बैंकले भुकम्प पिडिहरुका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

गत कात्तिक १७ गते राति ११:४७ बजे कर्णाली प्रदेश, जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुम जिल्लामा ठूलो मानवीय तथा जनधनको क्षति भएको छ ।

राष्ट्रिय विपदको दु:खद घडीमा खोज, उद्धार र राहतका लागि भूकम्पबाट पीडित एवं प्रभावितका लागि सहायता स्वरुप कृषि विकास बैंकले ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिदिएको हो ।

एक कार्यक्रमकाबिच उक्त चेक बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द बहादुर गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्धय धु्रव पौडेल र सरोज महत एवं प्रधानमन्त्रीका निजी सचिव समेतको उपस्थिती रहेको थियो ।

कृषि विकास बैंकले भूकम्पबाट प्रभावित र पीडित लाई राहत पुग्ने गरी नेपाल सरकार लाई आर्थिक सहयोग गरेकोमा प्रधानमन्त्री दाहालले धन्यवाद समेत व्यक्त गरेका थिए ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विगतमा पनि भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरुको लागि नेपाल सरकारबाट गठित सहायता कोषमा रकम जम्मा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्