राष्ट्र बैंक संचालकहरुको सेवा सुविधा: कसले कति बुझ्छन् तलब भत्ता ? « Arthapath.com
१९ मंसिर २०८०, मंगलवार

राष्ट्र बैंक संचालकहरुको सेवा सुविधा: कसले कति बुझ्छन् तलब भत्ता ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका संचालकहरुले २ करोड बढी तलब भत्ता बुझेका छन् । गत वर्ष संचालकहरुले २ करोड ५ लाख ८२ हजार बढी तलब भत्ता बुझेका हुन् । राष्ट्र बैंकको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदन अनुसार गभर्नर महाप्रसाद अधिकारीले गत वर्ष ६१ लाख ३२ हजार रुपैयाँ तलब बुझेका छन् । अधिकारीले ४ लाख १४ हजार बैठक भत्ता र ४० लाख ४५ हजार ३३६ रुपैयाँ अन्य सुविधा बापत बुझेका छन् ।

यस्तै, डेपुटी गभर्नर डा. निलम ढुङ्गानाले १४ लाख ६० हजार ४०० रुपैयाँ तलब, ३ लाख ४३ हजार रुपैयाँ बैठक भत्ता र ३८ लाख ९९ हजार ९६१ रुपैयाँ अन्य सुविधा बापत बुझेकी छन् । अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रले पनि तलब १४ लाख ६० हजार ४०० रुपैयाँ बैठक भत्ता ३ लाख ७८ हजार र अन्य सुविधा बापत ३४ लाख ६१ हजार ८२९ रुपैयाँ बुझेका छन् ।

गत आवमा संचालक चिन्तामणि शिवाकोटीले बैठक भत्ता ४ लाख ५ हजार र अन्य सुविधा बापत ११ लाख ५९ हजार ३८२ रुपैयाँ बुझेका छन् । अर्का संचालक डा. शंकर प्रसाद आचार्यले ३ लख ६० हजार रुपैयाँ बैठक भत्ता र ६ लाख ४८ हजार ४०८ रुपैयाँ अन्य सुविधा र डा. रविन्द्र प्रसाद पाण्डेले ९९ हजार बैठक भत्ता र २ लाख ४५ हजार १२ रुपैयाँ अन्य सुविधा बापत बुझेका छन् ।

यस्तै, अर्थसचिवका रुपमा संचालक रहेका कृष्णहरि पुस्करले २ लाख ५५ हजार, तोयराम रायले १ लाख ६९ हजार र अर्जुन प्रसाद पोखरलले पनि १ लाख २८ हजार रुपैयाँ बैठक भत्ता तथा अन्य सुविधा बापत लिएका छन् ।


प्रतिक्रिया दिनुहोस्