कर्जा पुन:संरचना र पुनर्तालिकीकरण आगामी चैत मसान्तसम्म गर्न सकिने « Arthapath.com
२२ मंसिर २०८०, शुक्रबार

कर्जा पुन:संरचना र पुनर्तालिकीकरण आगामी चैत मसान्तसम्म गर्न सकिने



काठमाडौं । कर्जा पुन:संरचना र पुनर्तालिकीकरण आगामी चैत मसान्तसम्म गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।

समिक्षा मार्फत बैंक तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरु उपरको कारवाहीलाई थप प्रभावकारी बनाउँदै परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई कर्जा पुनरसंरचना र पुनरतालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिने राष्ट्र बैंकले जनाएको छ ।

यसका लागि बैंक तथा वित्तीय संस्थाले समस्यामा परेका ऋणीहरुबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको दश प्रतिशत रकम असूल गरी कर्जा पुनरसंरचना गर्न सक्ने अवधि आगामी चैत मसान्तसम्म कायम गरी पुनरसंरचना गर्न सक्ने क्षेत्रहरुको विस्तार गरिने छ ।


प्रतिक्रिया दिनुहोस्