किन घट्यो आरएसडीसी लघुवित्तको नाफा ? यस्ता छन् मुख्य सूचकहरु « Arthapath.com
४ माघ २०८०, बिहीबार

किन घट्यो आरएसडीसी लघुवित्तको नाफा ? यस्ता छन् मुख्य सूचकहरु



काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ६ महिनामा झण्डै ७ करोड खुद नाफा कमाएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार पुस मसान्तसम्ममा कम्पनीले ६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । तर, यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने १२.७३ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा कम्पनीले ७ करोड ९४ लाख बढी नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि दोहोरो अंकले घटेको छ । कम्पनीको यस्तो आम्दानी १७.३२ प्रतिशतले घटेर १२ करोड २० लाख रुपैयाँ कायम भएको छ । यस्तै, कम्पनीको संचालन नाफा पनि १२.७३ प्रतिशतले घटेर ९ करोड ९० लाख रुपैयाँ कायम भएको छ ।

यता, कम्पनीको खराब कर्जा पनि वृद्धि भई १.८२ प्रतिशत पुगेको छ । जबकि गत आवको दोस्रो त्रैमासमा कम्पनीसँग यस्तो कर्जा १ प्रतिशतभन्दा तल नै थियो । समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी, संचालन नाफा र खराब कर्जामा देखिएको बढोत्तरीले नै खुद नाफामा घटेको छ ।

कम्पनीको चुक्ता पुँजी ८६ करोड ९५ लाख रुपैयाँ छ । कम्पनीले जगेडा कोषमा भने १२ करोड १० लाख रुपैयाँ राखेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेर १५ रुपैयाँ ९४ पैसा कायम भएको छ । यता, समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने १३१ रुपैयाँ १ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्