नेपाल बैंकको लेखापरिक्षकमा तीन जना नियुक्त « Arthapath.com
४ माघ २०८०, बिहीबार

नेपाल बैंकको लेखापरिक्षकमा तीन जना नियुक्त



काठमाडौं । नेपाल बैंकको लेखापरिक्षक नियुक्त भएका छन् । बैंकको गत पुस २९ गते सम्पन्न ६३औँ वार्षिक साधारण सभाबाट तीन जनालाई लेखापरीक्षक नियुक्त गरिएको हो ।

बैंकका अनुसार चाटर्ड एकाउन्टेन्ट (सी.ए.) प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालाई आर्थिक वर्ष २०८०/८१ का लागि बैंकको लेखापरीक्षकको रुपमा नियुक्त भएका छन् ।

बैंकले कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नियामक नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभाग र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्