सहकारी संस्थालाई भन्दा सदस्यलाई बलियो बनाउनु पर्छ : डा. पाण्डे « Arthapath.com
३ पुष २०७७, शुक्रबार

सहकारी संस्थालाई भन्दा सदस्यलाई बलियो बनाउनु पर्छ : डा. पाण्डे



काठमाडौं । सहकारीमा गुणस्तर कायम गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन । आज नेपाल सहकारी पत्रकार समाज सिजेएनले सहकारीमा गुणस्तर मापन विषयक छलफल कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले संस्थालाई भन्दा सदस्यलाई बलियो बनाउनु पर्ने बताएका छन । उनले सहकारी संस्था बलियो बनाएर सीमित लाभ लिने प्रवृति बढेको उनको भनाई छ । ‘टाईसुट लगाएकालाई बलियो बनाउने कि चप्पल लागएर साग बेच्ने सदस्यलाई बलियो बनाउने भन्ने अभियानले हेक्का राख्नुपर्छ’ उनले भने ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष डा. मिनराज कंडेलले सहकारीमा गुणस्तर कायम गर्न आवश्यक रहेको बताएका छन । सबै सहकारी राम्रो छ भन्न सकिदैन तर यसको निरीक्षण गरेर गुणस्तर कायम गराउनु पर्ने उनले बताए । गुणस्तर कायम गर्नको लागी नियमक निकायले नियमन गरिरहनु पर्ने र हाल २९ हजार सहकारी स्थानिय तहले नियमन गरिरहेको पाण्डेले बताए । हाल देशभरका ६ हजार ठुला सहकारी भने प्रदेश सरकार मातहत रहेको छ ।

हाल सहकारीको क्षेत्रमा सुशासन कायम हुन नसकेर आएको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बताए । उनका अनुसार अब सहकारीलाई गुणस्तरीय पारर्दशी बनाउनको लागी सबै मिलेर स्पष्ट गाइड लाइन बनाएर अघी बढ्नु पर्छ । बैंकमा आबद्ध १३ हजार सहकारीमध्ये आधाभन्दा बढी बचत सहकारी रहेकोले उनले बताएका छन ।

‘गुणस्तर प्रमाणीकरणमा कानुनको परिपालना गर्न विभागले जोड दिएको उनको भनाई छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष परितोष पौड्यालले विश्व ऋण परिषद्ले चार सिद्धान्त जारी गरेको मध्ये गुणस्तर मापनलाई पनि उच्च प्राथमिकतामा राखेको बताए । वित्तीय सहकारीमा सेफ्टी एण्ड साउन्ड सिष्टम जोडिएर आउने भएकाले ब्रान्डमा सुरक्षाले महत्वपूर्ण योगदान दिने बताएका छन ।


प्रतिक्रिया दिनुहोस्