इमेज सहकारी ठगी प्रकरण: १ अर्ब ३० करोड बिगोदाबी सहित ११ जना संचालक विरुद्ध मुद्दा दर्ता « Arthapath.com
२३ असार २०८३, मंगलबार

इमेज सहकारी ठगी प्रकरण: १ अर्ब ३० करोड बिगोदाबी सहित ११ जना संचालक विरुद्ध मुद्दा दर्ता



काठमाडौं । बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष देवकुमारी नेपालीसहित ११ जना संचालक विरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।

सहकारी पिडितहरुले सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत बागलुङ्गमा उनीहरुविरुद्ध ठगी मुद्दा दर्ता गराएका हुन् ।

ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली, उनी श्रीमताी छेला नेपाली, कार्यवहाक अध्यक्ष डोर बहादुर परियार, सचिव सनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, संचालक समिति सदस्य चित्र बहादुर भण्डारी, रुपा विक र झक बहादुर शाहीविरुद्ध मुद्दा दर्ता भएको हो ।

कुल १ अर्ब ३० करोड बिगोदावी सहित अदालतमा सहकारी मुद्दा दर्ता भएको भएको हो । १ हजार ५४३ जनाको हस्ताक्षरसहित सहकारीका सञ्चालक विरुद्ध मुद्दा दर्ता भएको छ ।

संचालकका लागि ८ देखि १० वर्षसम्मको कैद सजाय माग गरिएको छ । बचतकर्ताको रकम हिनामिना पारेर सहकारीका संस्थापक अध्यक्ष नेपाली दुई महिनादेखि फरार छन् । १ अर्ब ३० करोडको बिगोदावी गरेता पनि झण्डै २ अर्ब रकम हिनामिना भएको पिडितहरुको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्