सात बुँदे सहमतिपछि स्थगित भयो सहकारी पिडित बचतकर्ताहरुको आन्दालेन, के-के भयो सम्झौता ? « Arthapath.com
१८ श्रावण २०८०, बिहीबार

सात बुँदे सहमतिपछि स्थगित भयो सहकारी पिडित बचतकर्ताहरुको आन्दालेन, के-के भयो सम्झौता ?



काठमाडौं । सहकारी संस्थाका बचतकर्ता सदस्यहरुबाट माईतिघर मण्डलामा जारी अनसन/धर्ना आजबाट स्थगन भएको छ ।

सहकारी पीडित बचतकर्ता र सरकारबीच ७ बुँदे सम्झौता भएपछि अनसर/धर्ना कार्यक्रम स्थगित भएको हो । विगत दुई महिनादेखि आन्दोलनरत सहकारी पीडित बचतकर्ता संघर्ष समितिले उठाउँदै आएको माग सम्बोधन गर्ने विषयमा सरकारसँग सम्झौता भएको हो ।

यस्ता छन् सात बुँदे समझौता:

१. सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिका नामबाट माईतिघर मण्डलामा अनसन/धर्ना बसिरहेका सहकारी संस्थाका बचतकर्ता सदस्यहरुको मागका सम्बन्धमा छलफल गरियो ।

२. सहकारी क्षेत्रको सुधारको लागि सुझाव दिन नेपाल सरकार मन्त्रीपरिषद्बारा गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदलमा बचतकर्ता सदस्यको अधिकतम हित संरक्षण गर्ने उद्देश्यले अनसन/धर्नामा रहेका सहकारी संस्थाका बचतकर्ताहरुको समेत प्रतिनिधित्व गराउन अधिकतम ३ जनासम्म प्रतिनिधि आमन्त्रित सदस्यको रुपमा समावेश गर्ने ।

३. सहकारी संस्थामा देखिएका विकृति, विसंगति हटाई सहकारीको मूल्य, मान्यता र सिद्धान्तअनुसार सहकारी क्षेत्रको सुधार गर्न विद्यमान कानूनी व्यवस्थाभित्र तत्काल सुधार गर्न सकिने र कानून संशोधन गर्नुपर्ने भए त्यस्तो विषयमा समेत तत्काल मन्त्रालय, सहकारी विभाग र समस्याग्रस्त व्यवस्थापन समितिबाट आवश्यक गृहकार्य अघि बढाउने ।

४. सहकारी संस्थाका बचतकर्ताहरुको बचत फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि मन्त्रालयले तत्काल कार्य प्रक्रिया अगाडि बढाउने ।

५. सहकारी संस्थाबाट भएको कर्जा असुली प्रक्रियालाई छिटो छरितो र प्रभावकारी बनाउन कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायधिकरणको स्थापना गर्न मन्त्रालयले तत्काल कार्य प्रक्रिया अगाडि बढाउने ।

६. ओरियन्टल सहकारीलगायत समस्याग्रस्त घोषित सहकारी संस्थाको तर्फबाट बचतकर्तालाई रकम फिर्ता गर्दा स्पष्ट कार्ययोजना बनाई कार्यान्वयन गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसँग मन्त्रालयले समन्वय गर्ने ।

७. सहकारी संस्थाका बचतकर्ता सदस्यहरुबाट माईतिघर मण्डलामा जारी अनसन/धर्ना आजैका मितिबाट स्थगन गर्ने ।


प्रतिक्रिया दिनुहोस्