मुक्तिनाथ विकास बैंकका ग्राहकले भरतपूर टाउन रेसिडेन्सीमा विशेष छुट « Arthapath.com
१२ बैशाख २०७९, सोमबार

मुक्तिनाथ विकास बैंकका ग्राहकले भरतपूर टाउन रेसिडेन्सीमा विशेष छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र भरतपूर टाउन रेसिडेन्सीबीच छुट सम्बन्धी समझदारी भएको छ । बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन भरतपूर टाउन रेसिडेन्सीसँग विभिन्न सेवाहरुमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुल भरतपूरुमा रहेको भरतपूर टाउन रेसिडेन्सी लाउन्ज एण्ड बार मा बसाई र खाना तथा परिकारहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्