कामना सेवा विकास बैंकद्वारा नवौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नवौ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको हो ।
बैंकले सेवा विस्तार गर्ने क्रममा बैशाख १५ गते बिहीबारबाट सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गापा वडा नंं ४ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । लक्ष्मीपुर पतारी गा.पा. वडा नंं ४ स्थित बिना रेमिटेन्स (प्रो. बिना मण्डल) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । लक्ष्मीपुर पतारी गापा वडा नंं ४ का वर्तमान मेयर राम वलव साह, वडा अध्यक्ष विद्यानन्द मण्डल तथा प्रहरी नायव निरीक्षक मुरारी रामले संयुक्त रुपमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् । कार्यक्रममा बैंकका कर्मचारीहरु लगायत व्यावसायिक प्रतिनिधि तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।
शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।