मितेरी डेभलपमेन्ट बैंकको ७२ हजार ८९८ कित्ता शेयर आजदेखि बिक्रीमा « Arthapath.com
२५ बैशाख २०७९, आईतवार

मितेरी डेभलपमेन्ट बैंकको ७२ हजार ८९८ कित्ता शेयर आजदेखि बिक्रीमा



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ७२ हजार ८९८ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनी राजीव भट्टराईले ४३ हजार ७४० कित्त र अनिल अग्रवालले २९ हजार १५८ कित्ता शेयर बिक्रीमा लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय महेन्द्रपथ धरान, सुनसरी र शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्