लाभांश पारित गर्न शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
३ पुष २०७९, आईतवार

लाभांश पारित गर्न शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले साधारण सभाका लागि मिति तय गरेको छ ।

बैंकले पुस २५ गते, सोमबार, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल, मणिग्राम, रुपन्देहीमा चौधौँ वार्षिक साधारण सभा बोलाएको हो ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । बैंकले आफ्ना सेयरधनीलाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभाले सोही प्रस्तावित लाभांशलाई वितरणयोग्य बनाउनेछ ।

सोही सभाले अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्विजिशन सम्बन्धी आवश्यक कार्यहरु गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १२ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्